नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन गरिएका तालिमहरूको प्रभाव मूल्याङ्कन गरी सुधारका लागि सुझावहरू पेश गर्ने सम्बन्धमा
देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/ फर्महरूबाट मिति २०७९/०७/१७ गते १२ः०० बजे भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा-छुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता / फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यसै साथ् संलग्न गरिएका छन्।
तपसिलः
१. भिडियो शैक्षिक सामग्री तथा शिक्षण मोड्यूलहरू तयार गर्ने
संघीय संसद राष्ट्रिय सभाको आयोजना, लुम्बिनी प्रदेश सरकारको समन्वय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा संघीय शासन प्रणाली सबलीकरण विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम २०७९/४/ ६ र ७ गते सम्पन्न भएको छ ।