FAQs Complain Problems

स्थानीय तहमा नियुक्त भइ कार्यरत सूचना प्रविधि अधिकृतहरुको तलब मध्ये यस कार्यक्रमको तर्फबाट आ.ब. २०७७।७८ को पहिलो किस्ता रकम  सोधभर्ना  पठाउने प्रयोजनको लागि देहायका विवरण र कागजातहरु निम्न उल्लेखित फाराममा अपडेट गरि पठाईदिनुहुन अनुरोध छ । रकम Digital transfer  गर्दा  खाताको नामको हिज्जे (spelling) र पुरा खाता नम्बर फरक परेमा बैकको system ले खातामा रकम जम्मा नगर्ने भएकोले पुरा विवरण आवश्यक भए सम्बन्धित बैकवाट समेत एकिन गरी पठाइदिनुहुन अनुरोध छ । 

पठाउनुपर्ने विवरण
- सूचना प्रविधी अधिकृतको व्यक्तिगत विवरण (नाम, ईमेल, सम्पर्क नं.)
- लेखा अधिकृतको व्यक्तिगत विवरण (नाम, सम्पर्क नं)
- करार नियुक्ति र नविकरणको आ.व., महिना, गते
- करार नविकरण वा नियुक्तिको प्रतिलीपी (upload गर्ने)
- बैङ्कको नाम, शाखा, खाता विवरण (स्थानिय तहको ग २.७ विविध खर्च खाता रूजु गरि पठाउनु होला, व्यक्तिगत होइन)
- हाल सम्म (२०७७ श्रावण-आश्विन सम्म) को प्रमाणित हाजिरी (upload गर्ने)
- निम्न फाराम, मिति २०७७ कार्तिक ०४ गते भित्र भरि पठाउनु हुन अनुरोध छ)

भर्नुपर्ने फाराम: bit.ly/itosalary-7778-1

नोट: यसभन्दा अघि पठाएको खाताको विवरण परिवर्तन भएमा परिवर्तित विवरण र परिवर्तन नभएको भए साविककै विवरण फाराममा अपडेट गरिदिनुहोला । विवरण प्राप्त भएपछि मात्र सोधभर्ना रकम पठाइने व्यहोरा अनुरोध छ । 

 

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.