FAQs Complain Problems

मितिः २०७९/०३/०२

श्री स्थानीय तह, (सबै)

विषय: सूचना प्रविधि अधिकृतको करार र पारिश्रमिक सम्बन्धमा

स्थानीय तहहरुमा सूचना प्रविधिको प्रयोग बढाई सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सघाउ पुऱ्याउने उद्देश्यले स्थानीय तहहरुमा कार्यरत सूचना प्रविधि अधिकृतको पारिश्रमिक रकम मध्ये केही यस कार्यक्रमबाट सोधभर्ना हुँदै आएको व्यहोरा अवगत नै छ । आगामि आर्थिक वर्ष २०७९/८० को लागि समेत स्थानीय तहहरुले सेवा करार गरी स्थानीय तहमा खटाएका सूचना प्रविधि अधिकृतको पारिश्रमिक तथा पोशाक भत्ता बापतको रकम सोधभर्ना गर्न यस कार्यक्रमबाट देहाय अनुसार हुने गरी बजेट व्यवस्था गरिएको व्यहोरा अनुरोध छ ।

१. स्थानीय तहले प्रचलित कानुनबमोजिम मासिक पारिश्रमिक तथा अन्य सुविधा तोकी सेवा करार सझौता गर्ने र सोको प्रति यस कार्यक्रम समन्वय ईकाइमा यथाशीघ्र पठाउने । यसरी करार संझौता गर्दा अन्य कार्यको अतिरिक्त सलग्न बमिजिमको कार्यजिम्मेवारी समेत तोक्ने

२. करार सम्झौतामा तोकिएको पारिश्रमिक तथा पोशाक भत्ता मध्ये यस कार्यक्रमबाट बढीमा वार्षिक जम्मा रु.३.८०.९४२।०० सम्बन्धित स्थानीय तहलाई सोधभर्ना पठाईने छ । स्थानीय तहले सोधभर्ना रकम प्राप्त गर्न सम्बन्धित कर्मचारीसँग भएको करार सझौता सम्बन्धित कर्मचारीलाई मासिक रुपमा भुक्तानी गरेको पारिश्रमिक तथा अन्य सुविधा, हाजिरी र कार्यसम्पादनको प्रमाणित विवरण उपलब्ध गराउनु पर्नेछ ।

३. स्थानीय तहले उपलब्ध गराएको विवरणका आधारमा वार्षिक रु. ३.८०,९४२/- को बजेट सीमा भित्र रही यस कार्यक्रमबाट २०७९ माघ र २०८० असार महिनामा सोधभर्ना बापतको रकम सम्बन्धित स्थानीय तहको विविध खर्च खातामा पठाईने छ ।

यस विषयमा स्थानीय तहले उपलब्ध गराउनु पर्ने विवरण sthaniya.gov.np/ito_info मा गई अध्यावधिक गर्नुपर्ने छ।

Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.