विषय: अवधारणा पत्र पेश गर्ने सम्बन्धमा म्याद थप गरिएको बारे ।
पुन; सूचना प्रकाशित मिति : २०७८/१०/२८
प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम तर्फ नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार कार्यक्रम कार्यान्वयनका लागि आशय पत्र पेश गर्ने बारेको १५ दिने सूचना मिति २०७८/१०/ १३ मा प्रकाशन गरिएकोमा यस कार्यालयको मिति २०७८/१०/२७ को निर्णय अनुसार पुनः ७ दिन म्याद थप गरि मिति २०७८/११/०५ गते भित्र नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिमको ढाँचामा निर्देशिका बमोजिमको कागजातहरु साथै राखी अवधारणा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, कलेज रोड (महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस दक्षिण तर्फ), बिराटनगरमा पेश गर्नुहुन प्रदेश नं १ का १३७ वटै गाँउपालिका तथा नगरपालिकाको जानकारीका लागि अनुरोध गरिन्छ ।
पुनश्च: थप जानाकारी तथा सम्पर्कका लागि
- IPF Expert लाक्पा शेर्पा, ९८६११६७६०५,
- IT & eGovernance Expert निरज दहाल, 9860369491
- Team Leader प्रणय शर्मा, ९८५२०२३०१४
प्रदेश कार्यक्रम प्रबन्धक, PLGSP, प्रदेश नं १
--------------------------------------------------------------------
पहिलो प्रकाशित सुचना (मिति : २०७८/१०/१३)
प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम तर्फ नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार चालु आ.व.को कार्यक्रम कार्यान्वयनका लागि सोहि निर्देशिकाको दफौ ५ बमोजिम यो सूचना प्रकाशन गरिएको छ। अत: नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निर्देशिका बमोजिमका कागजात साथै राखी अवधारणा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, कलेज रोड (महेन्द्र मोरंग आदर्श बहुमुखी क्याम्पस दक्षिण तर्फ), बिराटनगरमा पेश गर्नुहुन प्रदेश नं १ का १३७ वटै गाँउपालिका तथा नगरपालिकाको जानकारीका लागि अनुरोध गरिन्छ।
पुनश्च: थप जानाकारी तथा सम्पर्कका लागि
- IPF Expert लाक्पा शेर्पा, ९८६११६७६०५,
- Team Leader प्रणय शर्मा, ९८५२०२३०१४
प्रदेश कार्यक्रम प्रबन्धक, PLGSP, प्रदेश नं १