अवधारणा पत्र पेस गर्ने सम्बन्धमा म्याद थप गरिएको बारे अवधारणा पत्र आह्वानको सूचना
पुनः प्रकाशित मिति : २०७८।११।२५
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme-PLGSP) का लागि चालु आ.व.मा स्थानीय तहहरूमा नव-प्रवर्तन साझेदारी कोष परिचालनका लागि नव-प्रवर्तनसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्न अवधारणापत्र पेस गर्ने सम्बन्धमा मिति २०७८/११/१० मा १५ दिने सूचना प्रकाशन गरिएकामा यस कार्यालयको मिति २०७८/११/२३ गतेको निर्णयानुसार म्याद समाप्त भएको मितिले पुनः ७ दिन म्याद थप गरिएको हुँदा नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिम अवधारणापत्रको ढाँचामा माग भए अनुसार आवश्यक कागजातहरू संलग्न गरी मिति २०७८/१२/१ गते मंगलबार भित्र तपसिलको ठेगानामा रीतपूर्वकको अवधारणापत्र खामबन्दीका साथै नव-प्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/ मा समेत पेस गर्नुहुन यस प्रदेशका सबै स्थानीय तहहरूलाई आवेदनका लागि आह्वान गरिएको छ। विस्तृत जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बबसाइट www.ocmcm.p2.gov.np बाट नव प्रवर्तन साभंदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ प्राप्त गर्न सकिनेछ ।
अवधारणापत्र पेस गर्ने ठेगाना :
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई (PPIU), जनकपुरधाम, धनुषा, नेपाल
इमेल: ppiu.p2@plgsp.gov.np, फोन: ०४१-५९१७३३
अनलाइन अवधारणापत्र पेस गर्ने ठेगाना: https://ipf.plgsp.gov.np/
=========================================================
पहिलो पटक प्रकाशित मितिः २०७८/११/१०
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme - PLGSP) का लागि चालू आ.व.मा स्थानीय तहहरूमा नवप्रवर्तन साझेदारी कोष परिचालनका लागि नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचामा माग भए अनुसारको आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र तपसिलको ठेगानामा रीत पूर्वकको अवधारणा पत्र खामबन्दीका साथै नवप्रवर्तन साझेदारी कोष प्रणाली https,//ipf.plgsp.gov.np/ मा समेत पेस गर्नुहुन यस प्रदेशका सबै स्थानीय तहहरूलाई आवेदनका लागि आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइट www.ocmcm.p2.gov.np वाट नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ प्राप्त गर्न सकिनेछ ।
अवधारणा पत्र पेस गर्ने ठेगाना: मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई (PPIU)
जनकपुरधाम, धनुषा, नेपाल
इमेल : ppiu.p2@plgsp.gov.np
फोन: ०४१-५९१७३३
अनलाइन अवधारणा पत्र पेस गर्ने ठेगाना: नवप्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/