FAQs Complain Problems

IPF- Call for Proposal- Madhesh Province

Description

अवधारणापत्र आव्हानको सूचना (सूचना प्रकाशन मिति: २०७९/०८/१५)

मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट संचालन भई रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme - PLGSP) अन्तर्गत चालु आ.व. २०७९/०८० मा नव-प्रवर्तन साझेदारी सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्न ईच्छुक मधेश प्रदेश भित्रका स्थानीय तहहरुले आवश्यक कागजात संलग्न राखी नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित मितिले १५ दिनभित्र तपसिल बमोजिमको ठेगानामा रितपूर्वकको अवधारणापत्र खामबन्दी रुपमा पेश गर्नुका साथै नवप्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/ मा समेत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ I

अवधारणापत्र पेश गर्ने ठेगानाः
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
प्रादेशिक कार्यक्रम कार्यान्वयन इकार्इ (PPIU)
जनकपुरधाम, धनुषा, नेपाल
ईमेल: ppiu.p2@plgsp.gov.np ,
फोन: ०४१–५९१७३३
अनलाइन अवधारणापत्र पेश गर्ने ठेगानाः नवप्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/

 

Published by
Date of Publication
Last date of application

IPF- Call for Full Proposal- Madhesh Province

Description

पूर्ण प्रस्ताव आह्वानको सचना (सूचना प्रकाशित मिति : २०७९/०१/०४)

प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमतर्फ नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७८/११/१० गते र म्याद थप सम्बन्धी २०७८/११/२५ गते प्रकाशित सूचना बमोजिम पेस हुन आएका अवधारणापत्रहरू मध्ये देहायका अवधारणापत्रहरू ग्राह्य भएकोले नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७० को अनुसूची ३ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निर्देशिका बमोजिमका कागजात साथै राखी पूर्ण प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ, जनकपुरधाम, धनुषा तथा नव-प्रवर्तन साझेदारी कोष प्रणाली, https://ipf.plgsp.gov.np मा समेत पेस गर्नुहुन मधेश प्रदेशका देहायका पालिकाहरुलाई जानकारीका लागि अनुरोध गरिन्छ । विस्तृत जानकारी तथा पूर्ण प्रस्ताव पेस गर्नका लागि ग्राह्य भएका अवधारणा पत्रहरू हर्नका लागि कार्यालयको सूचना पाटी वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट https://ocmcm.p2.gov.np/node/446 मा समेत हेर्न सकिनेछ ।

 

मधेश प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

जनकपुरधाम, धनुषा, नेपाल

Published by
Date of Publication
Last date of application

IPF- Call for Concept Note- Madhesh Province (Date Extended)

Description

अवधारणा पत्र पेस गर्ने सम्बन्धमा म्याद थप गरिएको बारे अवधारणा पत्र आह्वानको सूचना

पुनः प्रकाशित मिति : २०७८।११।२५

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme-PLGSP) का लागि चालु आ.व.मा स्थानीय तहहरूमा नव-प्रवर्तन साझेदारी कोष परिचालनका लागि नव-प्रवर्तनसँग सम्बन्धित परियोजना कार्यान्वयन गर्न अवधारणापत्र पेस गर्ने सम्बन्धमा मिति २०७८/११/१० मा १५ दिने सूचना प्रकाशन गरिएकामा यस कार्यालयको मिति २०७८/११/२३ गतेको निर्णयानुसार म्याद समाप्त भएको मितिले पुनः ७ दिन म्याद थप गरिएको हुँदा नव-प्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिम अवधारणापत्रको ढाँचामा माग भए अनुसार आवश्यक कागजातहरू संलग्न गरी मिति २०७८/१२/१ गते मंगलबार भित्र तपसिलको ठेगानामा रीतपूर्वकको अवधारणापत्र खामबन्दीका साथै नव-प्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/ मा समेत पेस गर्नुहुन यस प्रदेशका सबै स्थानीय तहहरूलाई आवेदनका लागि आह्वान गरिएको छ। विस्तृत जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बबसाइट www.ocmcm.p2.gov.np बाट नव प्रवर्तन साभंदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ प्राप्त गर्न सकिनेछ ।

अवधारणापत्र पेस गर्ने ठेगाना :
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई (PPIU), जनकपुरधाम, धनुषा, नेपाल
इमेल: ppiu.p2@plgsp.gov.np, फोन: ०४१-५९१७३३
अनलाइन अवधारणापत्र पेस गर्ने ठेगाना: https://ipf.plgsp.gov.np/

 

 

=‍‍‍========================================================

पहिलो पटक प्रकाशित मितिः २०७८/११/१०

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme - PLGSP) का लागि चालू आ.व.मा स्थानीय तहहरूमा नवप्रवर्तन साझेदारी कोष परिचालनका लागि नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिम अवधारणा पत्रको ढाँचामा माग भए अनुसारको आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र तपसिलको ठेगानामा रीत पूर्वकको अवधारणा पत्र खामबन्दीका साथै नवप्रवर्तन साझेदारी कोष प्रणाली https,//ipf.plgsp.gov.np/ मा समेत पेस गर्नुहुन यस प्रदेशका सबै स्थानीय तहहरूलाई आवेदनका लागि आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइट www.ocmcm.p2.gov.np वाट नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ प्राप्त गर्न सकिनेछ ।

अवधारणा पत्र पेस गर्ने ठेगाना: मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई (PPIU)
जनकपुरधाम, धनुषा, नेपाल
इमेल : ppiu.p2@plgsp.gov.np
फोन: ०४१-५९१७३३
अनलाइन अवधारणा पत्र पेस गर्ने ठेगाना: नवप्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/

 

Published by
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.