पूर्ण प्रस्ताव आह्वानको सचना (सूचना प्रकाशित मिति : २०७९/०८/११)
प्रस्तुत विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमतर्फ स्थानीय सुशासन, सार्वजनिक सेवा प्रवाह र स्थानीय आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७९/०७/१६ गते प्रकाशित सूचना बमोजिम पेस हुन आएका अवधारणा पत्रहरु मध्ये देहायका अवधारणा परहरु पूर्ण प्रस्तावका लागि ग्राह्य भएकोले नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची ३ बमोजिमको ढाँचामा यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निर्देशिका बमोजिमका कागजात संलग्न गरी नवप्रवर्तन साझेदारी कोष प्रणालीको अनलाइन पोर्टल https://ipf.plgsp.gov.np/ मार्फत् पूर्ण प्रस्ताव पेस गर्नुहुन सम्बन्धित स्थानीय तहहरूलाई अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
बागमति प्रदेश,
हेटौडा, नेपाल