FAQs Complain Problems
Description

अवधारणापत्र आव्हानको सूचना (सूचना प्रकाशन मिति: २०७९/०८/१५)

मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट संचालन भई रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (Provincial and Local Governance Support Programme - PLGSP) अन्तर्गत चालु आ.व. २०७९/०८० मा नव-प्रवर्तन साझेदारी सम्बन्धि कार्यक्रम कार्यान्वयन गर्न ईच्छुक मधेश प्रदेश भित्रका स्थानीय तहहरुले आवश्यक कागजात संलग्न राखी नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को अनुसूची-१ बमोजिमको ढाँचामा यो सूचना प्रकाशित मितिले १५ दिनभित्र तपसिल बमोजिमको ठेगानामा रितपूर्वकको अवधारणापत्र खामबन्दी रुपमा पेश गर्नुका साथै नवप्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/ मा समेत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ I

अवधारणापत्र पेश गर्ने ठेगानाः
मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)
प्रादेशिक कार्यक्रम कार्यान्वयन इकार्इ (PPIU)
जनकपुरधाम, धनुषा, नेपाल
ईमेल: ppiu.p2@plgsp.gov.np ,
फोन: ०४१–५९१७३३
अनलाइन अवधारणापत्र पेश गर्ने ठेगानाः नवप्रवर्तन साझेदारी कोष प्रणाली https://ipf.plgsp.gov.np/

 

Published by
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.