FAQs Complain Problems

IPF- Call for Concept Note- Karnali Province

Description

कर्णाली प्रदेश सरकार
मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
प्रदेश कार्यक्रम कार्यान्वयन एकाइ

नवप्रवर्तन साझेदारी कोष मार्फत परियोजना सञ्चालनका लागि अवधारणा पत्र पेस गर्ने सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मिति: २०७८ /१०/२१)

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) अन्तर्गतको नवप्रवर्तन साझेदारी कोषबाट नवीन सोच, अवधारणा तथा प्रविधिको माध्यमबाट भिन्न तरिकाले सार्वजनिक सुशासन, स्थानीय आर्थिक विकास र सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो, दक्ष र प्रभावकारी बनाउन नयाँ प्रविधि, ज्ञान, विधि, तौरतरिका, सीप तथा अवधारणा सम्बन्धी नवप्रवर्तनीय परियोजनाहरू सञ्चालन गर्न इच्छुक कर्णाली प्रदेश भित्रका सबै स्थानीय तहहरूलाई नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ को दफा ६ को उपदफा (१) बमोजिमको अनुसूची-१ को ढाँचामा सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०७८/११/०६ गते) भित्र परियोजना अवधारणा पत्र यस एकाइमा पेस गर्नुहुन सोही निर्देशिकाको दफा ५ बमोजिम यो सार्वजनिक सूचना आह्वान गरिएको छ।

नवप्रवर्तन साझेदारी कोष तथा परियोजना अवधारणा पत्र सम्बन्धी विस्तृत जानकारी र कार्यविधि एकाइको सूचनापाटी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट https://www.ocmcm.karnali.gov.np र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको वेबसाइट https://plgsp.gov.np मा हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।

थप जानकारी तथा सम्पर्क:
प्रदेश कार्यक्रम कार्यान्वयन एकाइ
बुलवुले चोक, वीरेन्द्रनगर, सुर्खेत (साबिकको महिला विकास प्रशिक्षण केन्द्र) फोन नं. ०८३-५२०५२९, इमेल : ppiu.karnali@plgsp.gov.np
- श्री हाँसा कुमारी मल्ल. कानून तथा शासन विज्ञ, ९८५८३२०४४४
- ई. जनक भट्टराई, नवप्रवर्तन साझेदारी कोष विज्ञ, ९८४९९४३९६९

Published by
Date of Publication
Last date of application
Cover page of LISA GUIDELINE 2077
Image removed.
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
Image removed.