बस्तु वा मालसामान, निर्माण कार्य र परामर्श सेवाको खरिद योजना तयार गर्ने विधि-२०७७
सम्बद्ध निकाय, संलग्न रहने व्यक्तिहरु र अनुगमन गर्ने निकायलाई समेत जानकारी गराई खरिद कार्यलाई अझ सरल, सहज र छरितो तरिकाले सम्पादन गर्ने उदेश्यले नेपाल सरकार (सचिवस्तरीय) को मिति २०७७।६।६ को निर्णायानुसार बस्तु वा मालसामान, निर्माण कार्य र परामर्श सेवाको खरिद योजना तयार गर्ने विधि-२०७७ कार्यान्वयनमा ल्याएको छ ।